दमकलाई पराजित गर्दै जलथल सेमिफाइनल
(केशव चापागाईँ) झापा । दीप ज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा जलथल एफसीले जित हासिल गरेको छ । दमक फुटबल एकेडेमीको टिमलाई २-० को गोल अन्तरले हराउँदै जलथल विजयी बनेको हो ।
प्रतियोगिताको ९ र ३५ मिनेटमा जलथलका तर्फबाट जर्सी नम्बर १३ का सुनिल खड्काले २ गोल लगाउँदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । उनको अग्रता नै निर्णायक बनेको छ।यो सँगै जलथल र श्री नयाँ नाथ गण चारआली बिच सेमिफाइनल खेल हुने पक्का भएको छ।आजका म्यान अफ दी म्याच जलथलका सुनिल खड्का नै भएका छन्।उनले १ हजार नगद सहिद ट्रफी र प्रमाण पत्र पाएका छ। यस्तै भोलि झापा एफसी राजगढ र ब्रदर्स युनाईटेड चन्द्रगढी बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले जानकारी दिए ।