अध्यक्ष कप : आर्मीलाई हराउँदै जलथल फाइनलमा
मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ ।
शनिवार भएको खेलमा जलथलले श्री नयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । दीप ज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा चारआली माथि २-० को गोल अन्तरको सहज जितले जलथल फाइनलमा प्रवेश गरेको हो। खेलको ६० औं मिनेटमा जलथलका जय गुरुङले १ गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएसँगै पुन: ७० औं मिनेटमा सरोज कार्कीले १ गोल थपेका थिए।
आज भएको खेलको म्यान अफ दी म्याच जलथलका सरोज कार्की भएका छन्। उनले नगद सहित ट्रफी र प्रमाण पत्र पाए । भोलि आइतबार हुने सेमिफाइनलको खेलमा ब्रदर्स युनाइटेड चन्द्रगढी र रेड स्टार बिर्तामोड बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए