२०८२ माघ ५ गते , सोमबार

प्रथम दमक नगरकप : कमलले उचाल्यो महिला भलिवलको उपाधि  

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २५ गते , मंगलबार
प्रथम दमक नगरकप : कमलले उचाल्यो महिला भलिवलको उपाधि  

दमक  । दमकमा सञ्चालित प्रथम दमक नगर कप महिला भलिवल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ । दमक ५ स्थित दिपीनि आधारभूत विद्यालयको प्राङगणमा आज सम्पन्न फाइनल खेलमा विजेता कमलले मोरङको लेटाङ भोगटेनी नगरपालिकालाई ३–१ को सोझो सेटमा हराउदै उपाधि प्राप्त गरेको हो । उपाधिसंगै विजेता कमलले नगद ४० हजारसहित ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले रु २५ हजारमा चित्त बुझाउनुपरेको थियो ।

गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न १२ पालिकाको सहभागिता रहेको थियो ।प्रतियोगितामा बिधागत तर्फ बेष्ट स्पाईकर कमलकी नेगिशा गौतम , बेष्ट सटर बिजेता मादेन , बेष्ट डिफेन्स संगम राई र म्यान अफ द सिरिज लेटाङकी अन्जना लिम्बू पुरस्कृत भईन् । विजेता टिमको प्रशिक्षणमा रोशन दाहाल र टिमको व्यवस्थापनको जिम्मेवारी सुदिप थुलुङले पाएका थिए ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई दमक नगर उपप्रमुख गीता अधिकारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । ।

सम्बन्धित समाचार