२०८२ माघ ५ गते , सोमबार

दमकले जित्यो प्रदेशस्तरीय भलिवल प्रतियोगिताको उपाधि

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
दमकले जित्यो प्रदेशस्तरीय भलिवल प्रतियोगिताको उपाधि

दमक । मोरङको सुन्दरहरैंचास्थित गछियामा सम्पन्न १ नम्बर प्रदेश स्तरीय पुरूष भलिवल प्रतियोगिताको उपाधि दमकले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक जनसहयोग युवा क्लव सुन्दरहरैंचालाई ३–० को सोझो सेटमा पराजित गर्दै दमकले उपाधि जितेको हो ।

उपाधि विजेता दमकले १ लाख १ रूपैयाँ पुरस्कार तथा ट्रफि पाएको छ । यता उपविजेतामा चित्त बुझाउन बाँध्य आयोजकले ५१ हजार १ रूपैया र ट्रफि पाएको छ ।त्यस्तै शनिबार भएको पहिलो सेमीफाइनल खेलमा विमान ट्रेडर्स विर्तामोडलाई ३–१ ले पराजित गर्दै आयोजकले फाइलनमा स्थान बनाएको थियो भने दोश्रो सेमीफाइनल खेलमा रामधुनी सुनसरीलाई ३–१ को सेटमा पराजित गर्दै दमकले उपाधि भिडन्त पक्का गरेको थियो । यस्तै आइतबार नै सम्पन्न तेश्रो स्थानका लागिभएको खेलमा रामधुनी सुनसरीलाई पराजित गर्दै विमान ट्रेडर्स विर्तामोड विजयी भएको छ।
तेश्रो भएको विर्तामोडले नगद २५ हजार १ रूपैया ट्रफि हात पारेको छ । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवन राई, नेकपा नेता केदार गुरागाईं, कांग्रेस नेता भक्ति सिटौला लगायतले पुरस्कार ।प्रदान गरेका थिए । प्रतियोगितामा समिट धरान, रामधुनी सुनसरी, वविया विर्ता, विमान ट्रेडर्स विर्तामोड, इटहरी उपमहानगरपालिका, दमक झापा, मधेशा ट्रेनिङ सुनसरी, आदर्श युवा क्लव लक्ष्मीमार्ग, केराबारी मोरङ, भोक्राहा सुनसरी र आयोजकको टीम लगायत गरि १२ वटा टीमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार