२०८३ बैशाख ३१ गते , विहीबार
गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै उनको सांसद पद यथावत रहने भएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।