२०८३ बैशाख २४ गते , विहीबार

जान्हवी कपुरको आकर्षक लुक्स भाइरल

sajilo news
एजेन्सी
२०७९ चैत्र २१ गते , मंगलबार
जान्हवी कपुरको आकर्षक लुक्स भाइरल

झापा । चलचित्र ‘धडक’बाट बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री जान्हवी कपुर स्टाइलिश र प्रतिभाशाली अभिनेत्री हुन । सन् २०१८ मा बलिउडमा प्रवेश गरेकी उनले ‘दोस्ताना २ गुञ्जन सक्सेना रुही अफजना’जस्ता कथानक चलचित्रमा काम गरेकी थिइन् । 

जान्हवीकी आमा बलिउडकी पहिलो सुपरस्टार महिला अभिनेत्री श्रीदेवी थिइन् । उनले छोरी जान्हवीलाई बलिउडमा ल्याउन चाहन्थिन भने उनका पिता बोनी कपुरको चाह भने कला क्षेत्र नै थियो । त्यसले जान्हवीले बलिउडमा आफ्नो पाइला अगाडि बढाइन् ।

अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम हृयाण्डलमा आफ्ना केही तस्वीर शेयर गरेकी छिन्। यी तस्वीरले तारिफ बटुलेका छन् । जान्हवी कालो सिल्भर मेटालिक अफ शोल्डर ड्रेसमा आकर्षक देखिएकी छिन। उनको यो लुक इन्टरनेटमा भाइरल भइरहेको छ ।

अभिनेत्रीले यो अफ(सोल्डर गाउनलाई सिल्भर कलरको सलसँग क्यारी गरेको छ, जुन धेरै प्रभावशाली छ । अर्कोतर्फ, जान्हवीले भारी नेकलेस, टिक्का र चुरा लगाएर आफ्नो सम्पूर्ण लुकलाई पूरा गरी सकेकी छिन । उनले यस लुकका लागि न्युट्रल मेकअप रोजिन । खुला कपालले उनको लुक्समा थप आकर्षण थपेको छ ।
 

सम्बन्धित समाचार