रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको शानदार जित, उज्बेकिस्तान बाहिरियो
पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फुटबल इतिहासमा अर्को अभूतपूर्व कीर्तिमान कायम गरेका छन्। जारी फिफा विश्वकप अन्तर्गत समूह केको खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दा रोनाल्डोले दुई गोल गर्दै इतिहास रचेका हुन्।
यो जितसँगै ४१ वर्षीय रोनाल्डो ६ वटा फरक-फरक विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। यसअघि उनले अर्जेन्टिनाका लियोनेल मेस्सीसँगै ५ वटा विश्वकपमा गोल गरेको कीर्तिमान साझेदार गरेका थिए।
रोनाल्डोको गोल यात्रा (सन् २००६ देखि २०२६)
रोनाल्डोले सन् २००६ देखि २०२६ सम्मका प्रत्येक विश्वकपमा विभिन्न राष्ट्रहरूविरुद्ध गोल गर्दै यो ऐतिहासिक सफलता पाएका हुन्। उनले आफ्नो विश्वकप यात्राको सुरुवात २१ वर्षको उमेरमा जर्मनी विश्वकप २००६ बाट गरेका थिए, जहाँ उनले इरान विरुद्ध १ गोल गरे।
त्यसपछि दक्षिण अफ्रिका विश्वकप २०१० मा २५ वर्षको उमेरमा उत्तर कोरिया विरुद्ध १ गोल र ब्राजिल विश्वकप २०१४ मा २९ वर्षको उमेरमा घाना विरुद्ध १ गोल थपे।
उनको सबैभन्दा उत्कृष्ट लय रुस विश्वकप २०१८ मा देखियो, जहाँ ३३ वर्षको उमेरमा उनले चिरपरिचित प्रतिद्वन्द्वी स्पेनविरुद्ध सानदार ह्याट्रिक ( गोल) र मोरक्कोविरुद्ध १ गोल गर्दै कुल ४ गोल गरे। यसैगरी कतार विश्वकप २०२२ मा ३७ वर्षको उमेरमा पुनः घानविरुद्ध नै १ गोल गरे।
ह्युस्टनमा भएको खेलमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरेसँगै विश्वकपमा रोनाल्डोको कुल गोल सङ्ख्या १० पुगेको छ।
यससँगै उनले पोर्चुगलका महान् फुटबलर स्वर्गीय युसेबियोको ९ गोलको कीर्तिमानलाई उछिन्दै विश्वकपमा पोर्चुगलका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
४१ वर्ष १३८ दिनको उमेरमा गोल गरेका रोनाल्डो विश्वकप इतिहासमै गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी समेत बनेका छन्। यस सूचीमा उनी क्यामरुनका रोजर मिल्ला (४२ वर्ष ३९ दिन) भन्दा मात्र पछि छन्
प्रतियोगिताको आफ्नो पहिलो खेलमा कंगो प्रजातान्त्रिक गणतन्त्रविरुद्ध सङ्घर्ष गरेका रोनाल्डोले उज्बेकिस्तानविरुद्ध भने सुरुवाती समयदेखि नै उत्कृष्ट खेल देखाए।
खेलको पहिलो हाफमा जोआओ कान्सेलोको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले क्लोज–रेन्जबाट गोलको खाता खोलेका थिए।
पहिलो हाफ सकिनु ठीक अघि रोनाल्डोले बक्स भित्रबाट चलाखीपूर्ण प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे। पोर्चुगलको अर्को गोलमा नुनो मेन्डेसले थ।े।
दोस्रो हाफको मध्यतिर उज्बेकिस्तानका खेलाडीबाट आत्मघाती गोल हुन पुग्यो भने खेलको ८७औँ मिनेटमा राफा लेआओले गोल गर्दै पोर्चुगललाई ५–० को विशाल जित दिलाए।
विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि यो खेल निराशाजनक रह्यो। खेलमा उज्बेकिस्तानका अजिजजोन गानिएभले निकै टाढाबाट एउटा उत्कृष्ट प्रहार गर्दै बललाई जाली चुमाएका थिए। तर, सो गोल हुनुअघि फल भएको भन्दै रेफ्रीले त्यसलाई मान्यता दिएनन्। कोलम्बियाविरुद्ध आफ्नो ऐतिहासिक पहिलो गोल गरिसकेको उज्बेकिस्तानको ब्गामी यात्रा भने कठिन देखिएको छ।