२०८१ मंसीर २१ गते , शुक्रबार

कचनकवलमा सर्पदंश उपचार केन्द्र स्थापना भएको दुई वर्ष पुग्यो, भेन्टिलेटर नहुँदा उपचारमा समस्या

sajilo news
आर.के. काजी
२०८० असार ३ गते , आईतबार
कचनकवलमा सर्पदंश उपचार केन्द्र स्थापना भएको दुई वर्ष पुग्यो, भेन्टिलेटर नहुँदा उपचारमा समस्या

आर.के. काजी । वि. सं. २०७८ असार ३ गते स्थापना भई सञ्चालनमा आएको कचनकवल गाउँपालिका-६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा यसको व्यवस्थापन गर्न सञ्चालक समिति र उपचारमा खटिने दक्ष प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म सयौँ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये कतिपय मानिसहरूको भेन्टिलेटर नभएकाले सुविधा सम्पन्न अस्पताल पठाउँदा अकालमै मृत्यु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको भवनमा ६ बेडको क्षमतामा उपचार केन्द्र सञ्चालन गरिएको छ ।

निकै ठुलो त्याग ,तपस्या र राजनीतिक भविष्य समाप्तिको सौदाबाजी सर्पदंश सञ्चालनका लागि यो पङ्क्तिकारले गरेको छ भन्दा अन्याय नपर्ला ? स्थानीय जनताको माग सुनुवाइ नभएपछि विद्यार्थीले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउसमेत गर्नु परेको थियो । सबैको एक सूत्रीय माग थियो, कचनकवल क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना हुनुपर्‍यो ।

सरकारको आयु सकिन लागेपछि समुदायले सञ्चालन गर्न सक्छ भन्ने देखाउँदै राजनीतिक अभीष्ट पुरा गर्न स्थानीयको माग र विद्यार्थीको दबाबपछि तत्कालीन गाउँपालिकाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्यायो जुन कचनकवलका लागि सञ्जीवनी बुटी बनेको छ।

सुरक्षाका कारण समुदायले सञ्चालन गर्न सक्दैन सेना वा प्रहरी चाहिन्छ भन्ने सन्देश साथ तत्कालीन सरकार सर्पदंश उपचार केन्द्रका लागि प्रतिबद्ध भएर अघि बढेको देखाउन १० लाखको बजेटमा इलाका प्रहरी कार्यालयभित्र दुई कोठे भवन बनाएको ३ वर्ष बितेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा समुदाय स्तरमा सञ्चालनमा ल्यायो ।

कति पापड बेलेको छ स्वयं पङ्क्तिकार र स्वास्थ्य प्रमुख जागेश्वर यादव र प्रत्यक्ष सहभागीलाई वास्तविक कथा व्यथा राम्रोसँग थाहा छ ।‘स्थानीयको लगातारको दबाब र पहलमा यस क्षेत्रमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न सफल भयौँ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले , ‘गाउँपालिकाको करिब ३० लाख रुपैयाँ खर्चमा केन्द्र सञ्चालनमा ल्याएका हौँ उद्घाटनमा भन्नुभएको थियो  ।’

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका डा. महेन्द्र गिरीको अनुगमन र फाइल स्वीकृतका लागि निस्वार्थ नागरिकको भावनाले गरेको सहयोगले नै उपचार केन्द्र सञ्चालनमा आएको थियो ।

मुलुककै होचो क्षेत्र कचनकवलमा बर्खा र गर्मी समयमा सर्प धेरै मात्रामा निस्किने गरेकोले ‘बर्खाको सिजनमा त जतासुकै सर्प भेटिन्छ , ‘कति बेला कसलाई डस्छ, चारआलीसम्म पुर्‍याउन भ्याइन्छ कि भ्याइँदैन भन्ने चिन्ता दुई वर्ष अघिसम्म तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष रविचन्द्र ओझालाई थियो।’ अहिलेका व्यवस्थापन समितिका अध्यक्ष रोमसाम राजवंशीलाई के-के चिन्ता छ बाकी दिनले देखाउला नै ।

दानवीर जग्गादाता चिन्तामणि खरेल नै वडा अध्यक्ष भएको उपचार केन्द्र गाउँमै सञ्चालनमा आएकाले जसभाग राजनीतिक पार्टी र प्रबुद्ध समाजका हर्ताकर्ताले तेर्साएर भन्दा भावी दिनमा वर्तमान सरकारले अधुरा योजनाहरू कसरी समाधान गर्ला हामीले रचनात्मक सल्लाह र सुझाव दिनु नै नागरिक कर्तव्य बन्छ ।

अब उपचार नै नपाई ज्यान गुमाउनु नपर्ने अवस्थामा कचनकवल पुगेको छ । ‘ठूल्ठूला विकासका कामभन्दा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न पाउँदा आनन्द र खुसी भएका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव र सरकार प्रमुखले भन्नुहुन्छ, ‘सर्पले डस्ने यो क्षेत्रको एउटा ठुलो समस्या थियो । अब समाधान हुन्छ भन्ने आशा पलाएको छ भनेर नागरिकले भन्नेछन्।’

सर्पदंश उपचार केन्द्र बनियानी सहित झापा जिल्लामा सर्पदंश उपचार केन्द्रको सङ्ख्या चार पुगेको छ, भने नेपाल भरमै दर्ता नम्बर १ कायम गरेको प्रमाणपत्र बनियानी उपचार केन्द्रले पाएको छ।

अक्सिजन, पेसेन्ट मोनिटरिङ मेसिनलगायत उपचार केन्द्रमा एक जना मेडिकल अधिकृतसहित ६ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीलाई गाउँपालिकाले आवश्यक तालिमसमेत धरान र विराटनगर सम्म पुर्‍याएर दिएको छ भने दाताले प्रदान गरेको भेन्टिलेटर र एक्स-रे मेसिनले उपयुक्त वातावरण नबनेसम्म सञ्चालनको दिन कुरेर कुनामा बसेको छ ।

झारफुक प्रवृत्ति कायमै छ गाउँघरमा 

सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्न गएको छ । “सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामी झाँक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ । “कचनकवलमा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले अकाल ज्यान गुमाउनु परेको छ । स्थापनाकालदेखि हालसम्म दुई वर्षको अवधि पुग्ने दिनसम्म ‘‘ जना सर्पदंशका घाइतेहरूको उपचार गर्न सफल भएको सर्पदंश उपचार केन्द्र बनियानीले जनाउने छ।

भाइल खर्चिएर उपचार सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुहुन्छ । कचनकवल , भद्रपुर , बाह्रदशीसहित  भारत लगायतका स्थानबाट आउने बिरामीको उपचारको लागि छुट्टै सर्पदंश उपचार केन्द्रको अलग्गै भवन र सुविधा सम्पन्न भेन्टिलेटर सहितको व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको वडाध्यक्ष चिन्तामणि खरेल बताउनुहुन्छ।

सम्बन्धित समाचार