२०८२ माघ ५ गते , सोमबार

अझै पोर्न स्टारको ट्याग लगाउनु आश्चर्यजनक : सन्नी लियोनी

sajilo news
एजेन्सी
२०८१ श्रावण २५ गते , शुक्रबार
अझै पोर्न स्टारको ट्याग लगाउनु आश्चर्यजनक : सन्नी लियोनी

काठमाडौं । अभिनेत्री सन्नी लियोनीले पुरानो कामलाई लिएर ‘पोर्न स्टार’को ट्याग लगाउनु आफ्ना लागि आश्चर्यजनक भएको बताएकी छिन् । उनले उक्त ट्यागबाट आफू टाढै रहन चाहेको बताउँदै भनिन्, ‘ ‘यो कुराले मलाई सताउँछ, तर म आफूलाई अगाडि बढाउने प्रयास गरिरहेकी छु।’

गलाटा इन्डियासँगको कुराकानीमा उनले दशकभन्दा पूरानो कामलाई लिएर अझै ‘पोर्न स्टार’को ट्याग लगाइदिनु चिन्ताजनक रहेको बताइन् । उनले भने , ‘अब एडल्ट इन्डस्ट्रीको हिस्सा म छैन । डेढ दशक नै भइसक्यो । तर मानिसहरूले अझै पनि मलाई जोडेर यसबारे चर्चा गर्नु अचम्मको कुरा हो ।’ सुरुवाती दिनमा उक्त ट्याग लाग्नु सामान्य भए पनि अहिलेको अवस्थामा त्यही कुरा उचित नहुने उनको तर्क छ ।

सन्नी लियोनीले ‘पोर्न’ भिडियो खेल्न छोडेको १५ वर्ष भइसक्यो । उनले सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘जिस्म २’बाट ठूलो पर्दामा डेब्यू गरेकी थिइन् ।

सन्नीका अनुसार उनी नयाँ परिचयका लागि ‘पोर्न फिल्म’बाट टाढिएर बलिउडमा आएकी हुन् । यस अवधिमा उनले आफूलाई सफल नायिकाका रुपमा स्थापित गराईसकेकी छिन् । उनी आधा दर्जनभन्दा बढी हिन्दी फिल्म र केही टेलिभिजन शोमा निर्णायकको भूमिकामा देखाएकी छिन् । 
 

सम्बन्धित समाचार