२०८३ जेष्ठ ९ गते , शनिबार
शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी
बिर्तामोड । शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समय विपरीत निर्वाचन समितिले मनोनयन गरेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेको हो ।
मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडि दर्ता गरेको भन्दै उनीहरूले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पश्चात् विवाद समाधान गर्ने प्रसाय भइरहेको छ ।