२०८३ मंसीर ६ गते , शनिबार

मेची–महाकाली यात्राका क्रममा सांसद अमरेश सिंहलाई कालो झन्डा

sajilo news
झापा
२०८३ मंसीर ५ गते , शुक्रबार
मेची–महाकाली यात्राका क्रममा सांसद अमरेश सिंहलाई कालो झन्डा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई मोरङको विराटनगर र कटहरीका स्थानीय युवाहरूले कालो झन्डा देखाएर विरोध जनाएका छन् ।

मेची–महाकाली पदयात्रामा रहेका सांसद सिंहसहितको टोली मोरङको कटहरी हुँदै विराटनगरको हाटखोला प्रवेश गरेलगत्तै स्थानीय युवाहरूले कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

हाटखोलामा भेला भएका युवाहरूले सिंघिया खोलाको पुलमा सांसद सिंहसहितको टोलीलाई कालो झन्डा देखाएका थिए । हुलाकी सडकखण्डअन्तर्गत कटहरी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

स्थानीय सडकको दुरवस्थाप्रति ध्यानाकर्षण गराउन सांसदको पदयात्राकै क्रममा कालो झन्डा देखाएर विरोध गरिएको युवाहरूले बताएका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै युवाहरूको हातबाट कालो झन्डा खोसेको थियो । सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सांसद सिंहसहितको टोलीलाई सुरक्षित रूपमा विराटनगर ल्याएको जनाएको छ ।

सम्बन्धित समाचार