२०८३ बैशाख २६ गते , शनिबार

चेन्नईसँग पराजित भएपछि कोलकाताको प्लेअफ पुग्ने सम्भावना कठिन

sajilo news
झापा
२०८२ बैशाख २५ गते , विहीबार
चेन्नईसँग पराजित भएपछि कोलकाताको प्लेअफ पुग्ने सम्भावना कठिन

आइपीएलमा कोलकाता नाइट राइडर्स लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग पराजित भएको छ।चेन्नईले २ बल अगाडि २ विकेटको जित निकाल्यो। यो हारले गत सिजनको च्याम्पियन कोलकाताको प्ले अफ संभावना अब गणितीय आधारमा मात्र बाकी रहेको छ।

जितको लागि १ सय ८० रनको चुनौती चेन्नईले १९ दशलमव ४ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर आयुष महतरा र डेभोन कनवे शुन्यमा आउट भए। यसपछि उर्भिल पटेल ३१ रनमा, रविचन्द्र आश्विन ८ रनमा र रविन्द्र जडेजा १९ रनमा पबिलियन फर्किए। ५ विकेटको नोक्सानीमा चेन्नईले ६० रन मात्र जोड्यो।

डेवाल्ड ब्रेभिस र शिवम दुबेले छैटौं विकेटको लागि ६७ रनको साझेदारी गर्दै इनिङ्स उकासे। अर्धशतक बनाएका ब्रेभिसले २५ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे।

अन्तिम ८ बलबाट १० रन चाहिंदा क्रिजमा टिकेका शिवम ४४ रनमा आउट भए।  त्यसपछि अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिंदा अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै जितलाई सहज बनाए। 

महेन्द्रसिंह धोनीले अविजित १७ र अंशुलले अविजित ४ रन बनाएर चेन्नईलाई जित दिलाए। बलिङमा वैभव अरोराले ३ ओभरमा ४८ रन दिएर ३ विकेट लिए। हर्षित राना र वरूण चक्रवर्तीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। कप्तान अजिन्के राहनेले सर्वाधिक ४८ रन जोडे। ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डे अविजित ३६ रनमा रहे‌। सुनिल नराइनले २६ रन बनाए।  बलिङमा नुर अहमदले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। कोलकाता ११ अंक सहित लिग तालिकाको छैटौं स्थानमा छ। ्चेन्नईले तेस्रो जितमा ६ अंक बनाएको छ।

सम्बन्धित समाचार