२०८३ बैशाख २६ गते , शनिबार
वर्षाले खेल रद्द हुँदा कोलकाता आइपीएलको प्लेअफ दौडबाट बाहिरियो
इन्डियन प्रिमियर लिग आइपिएलमा साविक विजेता कोलकाता नाइट राइडर्स प्लेअफ दौडबाट बाहिरिएको छ। भारी वर्षाका कारण खेल टससमेत नभइ रद्द भएको हो। वर्षाका कारण दुवै टिमले अङ्क बाँडेका थिए।
अंक बाडेसँगै आरसीबी अंकतालिकाको शीर्षमा रहेको छ। यो खेल रद्द हुँदा रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी)ले आफ्नो एउटा खुट्टा प्ले अफतर्फ लम्काइसकेको छ। अब आरसीबीले प्ले अफका लागि एक अङ्क मात्र जोड्दा पुग्नेछ।
आरसीबीसहित ६ टिम प्लेअफ समीकरणमा सामेल रहेका छन्। जसमा पन्जाब किङ्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सको कायम रहेको छ। यसअघि नै चेन्नाइ सुपर किङ्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफ दौडबाट बाहिरिसकेका छन्।