२०८३ बैशाख २६ गते , शनिबार

सनराइजर्सले बैंगलुरुलाई ४२ रनले हरायो

sajilo news
झापा
२०८२ जेष्ठ १० गते , शनिबार
सनराइजर्सले बैंगलुरुलाई ४२ रनले हरायो

सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)लाई पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो। ​

सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरुले १९ दशलमव ५ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो। बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाए भने विराट कोहलीले ४३ रन बनाएर आउट भए। 

सनराइजर्सका बलर प्याट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट झारे।  यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २३१ रन बनाएको थियो।​ 

सनराइजर्सका लागि इशान किशनले सर्बाधिक ९४ रन बनाएका थिए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए। प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौ स्थानमा रहेको छ।  हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ। बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ।

सम्बन्धित समाचार