२०८२ कार्तिक १४ गते , शुक्रबार
बिर्तामोडमा चाम्लिङको घरमा आगलागी, लाखौँको क्षति
बिर्तामोड नगरपालिका-७ बिरान टोल निवासी केशव चाम्लिङको घरमा आगलागी भएको छ । आज बिहान ३:३० बजेतिर लागेको बिहान ५:३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
घरमा लागेको आगो बिर्तामोड, भद्रपुर र मेचीनगरको गरी तीन वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट चाम्लिङको काठको घर र काठकै भान्सा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट लाखौँ धनमाल क्षति भएको अनुमान गरिएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ । घरमा राखेको मकैको खोयामा विद्युत् सर्ट भई सो आगो सल्केको हुनसक्ने आशङ्का गरिएको छ ।