२०८२ माघ ५ गते , सोमबार

एसिया कप : भारतले फेरि पाकिस्तानलाई हरायो

sajilo news
झापा
२०८२ आश्विन ६ गते , सोमबार
एसिया कप : भारतले फेरि पाकिस्तानलाई हरायो

एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि अर्को सहज जित निकालेको छ। दुबईमा आइतबार राति सकिएको खेलमा भारत ६ विकेटले विजयी भयो।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।  भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोड्दा शुभमन गिलले २८ बलमा ४७ रन बनाए।  तिलक बर्माले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रन जोडे।

पाकिस्तानका  बलर हरिस रौफले २ तथा अबर अहमद र फहिम असरफले एक एक विकेट लिए। 

त्यसअघि टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो। 

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। त्यस्तै फखर जमानले ९ बलमा १५ रन, सइम अयुबले १७ बलमा २१ रन र फहिम असरफले ८ बलमा नटआउट २० रन बनाए। 

बलिङमा भारतका शिवम् दुवेले २ विकेट लिए भने हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए।  सुपर-४ मा यसअघि बंगलादेशले श्रीलंकालाई हराएको थियो। भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई पराजित गरेको थियो। 

सम्बन्धित समाचार