भारतले सुपर ओभरमा श्रीलंकालाई हरायो
भारतले एसीसी टी-२० एसिया कपको गएरातिको खेलमा सुपर ओभरमा श्रीलंकालाई हराएको छ। जित्नलाई सुपर ओभरमा ३ रन बनाउनु पर्ने हुँदा भारतले पहिलो बलमै जित हात पारेको हो।
यूएईको दुबई क्रिकेट रंगशालामा भएको खेलमा भारतका शुभमन गिल र सूर्यकुमार यादव सुपर ओभरमा ३ रन बनाउन ब्याटिङमा आएका थिए। वानिन्दु हसरंगा बलिङमा थिए। पहिलो बलमै सूर्यले तीन रन बटुल्दै जित पक्का गरे। श्रीलंकाले सुपर ओभरमा दाशुन शानका र कुशल परेरालाई पठाएको थियो। पहिलो बलमै कुशल परेरा रिंकु सिंहबाट क्याच आउट भए।
कामिन्दु मेन्डिसले दोस्रो बलमा एक रन बटुले। तेस्रो बल योर्करमा डट। त्यसपछि वाइड र चौथो बलमा दासुन शानका रन आउट भएका थिए। तर दाशुन शानकाले रिभ्यु लिदै डेड बलको कारण बचेका थिए। तर भारतीय कप्तान सूर्यकुमार यादवले केही समय अम्पायरसँग छलफल गरेका थिए। तर पाँचौं बलमा दाशुन शानका क्याच आउट भएपछि भारतले जित्नलाई मात्रै ३ रन बनाउनु पर्ने भएको थियो।
जित्नलाई २०३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। अन्तिम बलमा ओभरमा श्रीलंकालाई जित्नलाई १२ रन चाहिँदा तीव्र गतिका बलर हर्षित रानाले ११ रन दिदै खेल सुपर ओभरमा पुर् याएका थिए। समूह बी बाट अपराजित रहँदै आएको श्रीलंका सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भएपछि फाइनल दौडबाट बाहिरिएको थियो। अपराजित भारत र पाकिस्तानबीच आईतबार फाइनलमा प्रतिस्पर्धा हुनेछ।