२०८२ माघ ५ गते , सोमबार

झापा महिला गोल्डकपमा आज झापा र संकटा प्रतिस्पर्धा गर्दै

sajilo news
झापा
२०८२ कार्तिक १९ गते , बुधबार
झापा महिला गोल्डकपमा आज झापा र संकटा प्रतिस्पर्धा गर्दै

बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । झापा एफसी आज आफ्नै मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीमा थप ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षा गरिएको छ । स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ ।

यसअघि सम्पन्न महिला लिग छनोट प्रतियोगिताबाट दुवै टोली महिला लिगमा छनोट भएका हुन्, जसले आजको भिडन्तलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।
संकटा क्लबको टिममा नेपाल यु–२० राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता छ । साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देनको सहभागिताले आक्रमण पंक्तिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, झापा एफसीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । पछिल्लो पटक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न महिला लिग छनोट खेलमा संकटा क्लबले झापालाई ४–० ले पराजित गरेको थियो । त्यस खेलको ‘रिभेन्ज’ लिन झापा आज मैदानमा बदला लिने लक्ष्यसहित उत्रिँदैछ भने संकटा दोस्रो भेटमै पुनः जित निकाल्ने उद्देश्यमा छ । दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचार