२०८२ माघ ५ गते , सोमबार

पौषे औँसी आज, तीर्थमा श्राद्ध गर्ने दिन

sajilo news
झापा
२०८२ पौष ४ गते , शुक्रबार
पौषे औँसी आज, तीर्थमा श्राद्ध गर्ने दिन

पौष कृष्ण अमावास्या  (औँसी) अर्थात् पौषे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चाङ्गमा शुक्रबार ५९ ५४ अर्थात् भोलिपल्ट बिहान सूर्योदयको आसपाससम्म औँसी तिथि रहेको उल्लेख छ। 

शुक्रबार ‘कुहू’ नामको औँसी रहेको  वैदिक तिथिपत्रम्’का सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए। उनका अनुसार चन्द्रमाको अवशेष नै नदेखिने औँसी कुहू हो। सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए ’सिनीवाली’ औँसी भनिन्छ ।  

यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृलाई तर्पण, श्राद्ध गर्ने परम्परा छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। 

पुराणहरूमा वर्षा र हिउँदका औँसीमा तीर्थमा पुगेर श्राद्ध गर्ने विधान बताइएको छ। भदौ र पुसको औँसी तिथिमा गोकर्णेश्वर महादेव नजिकै पिण्ड दिए पितृहरूको उद्धार हुने नेपाल माहत्म्यमा उल्लेख छ। 

यी औँसीमा तीर्थमा श्राद्ध गर्नाले पितृकुल, मातृकुल र बन्धुकुलका पितृको उद्धार हुने शास्त्रमा उल्लेख भएको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्।

सम्बन्धित समाचार