२०८२ चैत्र १५ गते , आईतबार

आइपीएलमा साविक विजेता आरसीबीको विजयी सुरुवात

sajilo news
झापा
२०८२ चैत्र १५ गते , आईतबार
आइपीएलमा साविक विजेता आरसीबीको विजयी सुरुवात

इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ को संस्करण शनिबारबाट सुरु भएको। पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै साविक विजेता रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) ले जितको सुरुवात गरेको छ।  बेङ्गलोरको एम चिन्नस्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।

सनराइजर्स हैदराबादले दिएको २०२ रनको विजयी लक्ष्य पछाएको आरसीबीले १५.४ ओभरमा ४ विकेट गुमाउँदै २०३ रनसहित लक्ष्य पूरा गरेको हो। आइपीएलको इतिहासमा २०० भन्दा माथिको रन सबैभन्दा छिटो चेन्ज गर्ने टोलीको रुपमा आरसीबीको नाम दर्ता भयो।

आरसीबीको जितमा विराट कोहोलीले  ६९ रनको अविजित अर्धशतकीय पारी खेले। उनले ३८ बलमा समान पाँच चौका र पाँच छक्का प्रहार गरे। उनले दोस्रो विकेटका लागि देवदुत्त पाडिकलसँग १०१ रनको शतकीय साझेदारी बनाउँदै आरसीबीलाई जितको नजिक पुर्‍याए। देवदुत्तले २६ बलमा सात चौका र चार छक्का सहित ६१ रन बनाए। कप्तान रजत पार्टीदारले ३१ रन बनाउँदा टिम डेविड १६ रनमा अविजित रहे।  सनराइजर्स हैदराबादका लागि बलिङतर्फ डेविड पेनले दुई विकेट लिए भने जयदेव उनादकट र हर्ष दुबेले १-१ विकेट लिए। 

त्यसअघि,पहिलो इनिङ्समा ब्याटिङ गरेको सनराइजर्स हैदराबादको लागि कप्तान ईशान किशनले सर्वाधिक ८० रन बनाए। उनले ३८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। सनराइजर्सको शीर्षक्रम चलेन। ओपनर ब्याटर ट्राभिस हेड ११ रन बनाउँदै क्याचआउट हुँदा अर्का ओपनर अभिषेक शर्मा ७ रनमै पेभिलियन फर्किए। कप्तान इशान किसनले राम्रोसँग पारी सम्हालेका थिए। तेस्रो विकेटको रूपमा नितेश कुमार रेड्डीको विकेट गइसकेपछि कप्तान किसनले हेनरिच काल्सिनसँग ९७ रनको साझेदारी गर्दै सनराइजर्स हैदराबादको पारि उकासेका थिए। हेनरिच काल्सिनले ३१ रन बनाए। अङ्कित बर्माले ४३ रन बनाए त्यस बाहेक कुनै पनि बाटोले दोहोरो अङ्कमा रन बनाउन सकेनन् जसको फलस्वरूप ईसान र हेमरिजको राम्रो साझेदारीले निरन्तरता पाउन सकेन।

मध्यक्रममा राम्रो साझेदारी बनाएको सनराइजर्स हैदराबादलाई १४ औं ओभर पछि आरसीबीका बलरले राम्रोसँग रोके। आरसीबीका लागि ज्याकोब डफी र रोमारियो सेफर्डले समान ३/३ विकेट लिए। भुवनेश्वर कुमार रविनानन्दन सिंह र सुयस शर्माले १/१ विकेट लिए। 

आइतबार आइपीएलमा एक खेल रहेको छ। जसमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सले नेपाली समयानुसार ७:४५ मा खेल्नेछन्।

सम्बन्धित समाचार