२०८३ बैशाख ८ गते , मंगलबार
युएईसँग नेपाल ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ। टियु क्रिकेट मैदानमा भएको टी-२० प्रतियोगितामा नेपाल ६ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित पारेको थियो। त्यसपछि १० ओभरमा युएईले ७८ रनको लक्ष्य पाएको थियो।
युएईले ८.५ मा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। युएईका लागि कप्तान मोहम्म वासिमले आक्रामक ब्याटिङ गरेर राम्रो सुरुवात दिलाएका थिए। उनले १५ बलमा ३३ रन बनाएका थिए।
त्यसअघि नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३५ बलमा ३२ रन बनाएर अविजित रहेका थिए। त्यस्तै कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, कुशल मल्लले १७, बसिर अहमदले १४ र नन्दन यादवले १३ रन बनाएका थिए।