२०८३ बैशाख ८ गते , मंगलबार

तिलकको शतकमा मुम्बईले गुजरातलाई ९९ रनले हरायो

sajilo news
एजेन्सी
२०८३ बैशाख ८ गते , मंगलबार
तिलकको शतकमा मुम्बईले गुजरातलाई ९९ रनले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको ३०औं खेलमा मुम्बईले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमा मात्र १०० रनमा समेटियो।

गुजरातका लागि कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। मुम्बईका बलर हाबी भएको खेलमा गुजरातको ब्याटिङ लाइनअप सस्तैमा समेटिएपछि खेल एकपक्षीय बनेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल तयार पारेको थियो। मुम्बईको जितमा युवा ब्याटर तिलक वर्मा नायक बने। उनले विष्फोटक ब्याटिङ गर्दै मात्र ४५ बलमा अविजित १०१ रन को शतकीय इनिङ खेले।

यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ। आईपीएल तालिकामा मुम्बई चार अकंसहित सातौं स्थानमा छ। समान खेल खेलेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ।

सम्बन्धित समाचार