२०८३ जेष्ठ ४ गते , सोमबार

आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो रोयल च्यालेन्जर्स बेंगलुरु

sajilo news
एजेन्सी
२०८३ जेष्ठ ४ गते , सोमबार
आईपीएलको प्लेअफ पुग्ने पहिलो टोली बन्यो रोयल च्यालेन्जर्स बेंगलुरु

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) आईपीएलको प्लेअफमा पुगेको छ। आइतबार धर्मशालामा भएको खेलमा पञ्जाब किंग्सलाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ। 

पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १  सय ९९ रनमै सीमित भयो। दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना कायमै राखेको छ। 

आइतबार नै भएको दोस्रो खेलमादिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १ सय ९४ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ५६ रन बनाए भने अभिषेक पोरेलले ५१ रन बनाए। राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले २–२ तथा दसुन शनकाले १ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। ध्रुव जुरेलले सर्वाधिक ५३ रन बनाए। 

जितसँगै दिल्लीको १३ खेलमा १२ अंक भएको छ। आईपीएलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन्।  यो खेल चेन्नईमा बेलुकी पौने ८ बजे हुनेछ।

सम्बन्धित समाचार