२०८३ कार्तिक ३० गते , आईतबार

बिरिङ खोलाको किनारमा घाइते भेटिएको नीलगाईको मृत्यु

sajilo news
झापा
२०८३ कार्तिक २९ गते , शनिबार
बिरिङ खोलाको किनारमा घाइते भेटिएको नीलगाईको मृत्यु

झापाको बिरिङ खोलाको किनारमा घाइते भेटिएको नीलगाईको मृत्यु भएको छ । बिहीबार राति ८ बजे बाह्रदशी गाउँपालिका- ७ स्थित बिरिङ खोलाको किनारमा रहेको बाँसको झ्याङमा पोथी प्रजातिको नीलगाई अड्किएर घाइते अवस्थामा भेटिएको थियो । स्थानीयले सब डिभिजन वन कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ सोही वन कार्यालयका कर्मचारीहरूको टोली खटिएर घाइते नीलगाईलाई उद्धार गरेको थियो ।

घाइते नीलगाईलाई वन कार्यालयमा ल्याई राखिएकोमा हिजो बिहान ३ः१५ बजे सो नीलगाईको मृत्यु भएको हो । मरेको नीलगाईलाई हिजो बिहान ७ बजे सोही वन कार्यालयको जग्गामा खाल्डो खनेर गाडिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार