२०८३ कार्तिक ३० गते , आईतबार

झापामा साढे ५ लाखभन्दा बढीको सामान र अटो बरामद

sajilo news
झापा
२०८३ कार्तिक २९ गते , शनिबार
झापामा साढे ५ लाखभन्दा बढीको सामान र अटो बरामद

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ५ लाख ६१ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान र अटो सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले मेचीनगर नगरपालिका–११ स्थित धाइजन इलाकाबाट उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीले भारतबाट भन्सार छली अटोमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अटो रोकेर जाँच गर्दा लत्ताकपडा तथा भाँडावर्तन फेला पारेको जनाएको छ । बरामद गरिएका लत्ताकपडा, भाँडावर्तन र अटोसहितको कुल अनुमानित मूल्य ५ लाख ६१ हजार ४०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान तथा अटोलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणले जनाएको छ ।

सम्बन्धित समाचार