२०८३ मंसीर १ गते , सोमबार
बिर्तामोडको होटलबाट चारजना जुवाडे पक्राउ
बिर्तामोडको होटल अम्ब्रेलाबाट चारजना जुवाडे पक्राउ परेका छन् । गएराति ८ बजे बिर्तामोड ४ उर्बसी टोलस्थित होटल अम्ब्रेलामा तास खेलिरहेको अबस्थामा जुवाडेहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका १० बस्ने बर्ष ४४ का निर्मल श्रेष्ठ, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका २ बस्ने बर्ष २६ का अनिष आचार्य,पाँचथर च्याङथापु बस्ने बर्ष ४० का देशभक्त राई र बिर्तामोड ३ बस्ने बर्ष ४६ का कोकुलबहादुर थापा रहेका छन् ।
होटल अम्ब्रेलामा पेशाको रुपमा जुवा तास खेलाउँदै आइरहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव निरीक्षक रमेश खनालको कमाण्डमा खटिएको टोलीले खेल्दै गरेको एक बुङ तास र नेपाली ८९ हजार ९०० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।