२०८३ मंसीर २ गते , मंगलबार
छठ घाट तोडफोड गर्ने दुई जना पक्राउ
सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र सोही ठाउँका २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।
प्रहरीका अनुसार हिजो साँझ करिब ७.३० बजे भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले उक्त पूजा स्थलमा तोडफोड गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
तोडफोडबाट क्षति पुगेको पूजा स्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। राति नै पूजा स्थल सुरक्षाकर्मीहरूले पुनर्निर्माण गरेका थिए ।