२०८३ मंसीर २ गते , मंगलबार

झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु

sajilo news
झापा
२०८३ मंसीर १ गते , सोमबार
झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु

झापा गाउँपालिकाको हुक्लाबारीस्थित पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ४२ वर्षीय दीपककुमार गणेश रहेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे उनी पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

स्थानीयले घटनाबारे प्रहरी चौकी शरणामतिमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

सम्बन्धित समाचार