२०८३ मंसीर ५ गते , शुक्रबार

हरिबोधनी एकादशीमा भद्रपुर नगरपालिकामा स्थानीय बिदा

sajilo news
झापा
२०८३ मंसीर ४ गते , विहीबार
हरिबोधनी एकादशीमा भद्रपुर नगरपालिकामा स्थानीय बिदा

भद्रपुर  । झापाको भद्रपुर नगरपालिकाले हरिबोधनी एकादशी पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलद्वारा हस्ताक्षरित बुधबार जारी गरेको सूचनामा भोलि शुक्रबार नगरपालिकाभित्र स्थानीय सार्वजनिक बिदा दिने जनाएको हो ।

भद्रपुर नगरपालिकामा बसोबास गर्ने आदिवासी राजवंशी एवं अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधनी एकादशी पर्वका लागि स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार उक्त दिन भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा समितिका कार्यालय तथा नगरपालिका अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक बिदा हुनेछ । तर, बारुणयन्त्र र सरसफाइ सेवा भने नियमित सञ्चालनमा रहने सूचनामा उल्लेख छ ।

 

सम्बन्धित समाचार