२०८३ मंसीर ६ गते , शनिबार

मेचीपारि कदमको बोटमा फेला पर्‍यो अजिङ्गर

sajilo news
झापा
२०८३ मंसीर ५ गते , शुक्रबार
मेचीपारि कदमको बोटमा फेला पर्‍यो अजिङ्गर

झापाको भद्रपुर-३ मेचीपारिको डोलो बस्तीमा विशाल अजिङ्गर सर्प फेला परेको छ । हिजो बिहान ७ः३० बजे डोलो बस्तीस्थित राजेश राजवंशीको घर अगाडि रहेको कदमको बोटमा अन्दाजी ९ फिट लम्बाई र अन्दाजी २० के.जी. वजन भएको विशाल अजिङ्गर सर्प फेला परेको हो ।

अजिङ्गर सर्पबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मेचीपारिबाट प्रहरी टोली गएको थियो । उक्त सर्प उद्धारका लागि डिभिजन वन कार्यालय झापाको टोलीले लिएर गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार