२०८२ माघ ५ गते , सोमबार
इंग्लयाण्डसँग पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरियाे
काठमाडाैं । इंग्लयाण्डसँग पराजित हुँदै जर्मनी युरोकपबाट बाहिरिएको छ। घरेलु मैदान वेम्बलीमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोलअन्तरले हरायो।
पहिलो हाफ बराबरीमा सकिएको थियो। दुवै देशले केही राम्रा अवसर सदुपयोग गर्न सकेनन्। तर दोस्रो हाफमा (७५ मिनेट) म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले पहिलो गोल गरे। दोस्रो गोल कप्तान ह्यारी केनले ८६ मिनेटमा गरे।
इंग्ल्याण्ड क्वार्टरफाइनल यात्रा तय गर्न सफल भयो। ८० मिनेटमा जर्मनीनका थोमस मुलरले वान भर्सेन वानको अवस्था गोल गर्न सकेनन्। जारी प्रतियोगितामा इंग्ल्याण्डले मात्र ४ गोल गरेको छ। ३ गोल उनै स्टर्लिङले गरेका हुन्।