२०८२ माघ ५ गते , सोमबार

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

sajilo news
पार्थ मण्डल
२०७८ असार २२ गते , मंगलबार
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। 
ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। 

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो।
समूह ' बी' मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो। ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए। क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो।

सम्बन्धित समाचार