२०८२ माघ ५ गते , सोमबार

नेपाली भूमिमा भारतीयको खेती : गतवर्ष सकस, यसवर्ष सहज

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १३ गते , बुधबार
नेपाली भूमिमा भारतीयको खेती :  गतवर्ष सकस, यसवर्ष सहज

(चिरञ्जीवी घिमिरे) झापा । झापाको दक्षिणी सीमावर्ती क्षेत्रका सयौँ विगाह नेपाली भूमिमा भारतीयले खेती गर्छन् । भारतसँग झापाको १४४ दशमलव २ किलोमिटर खुला सीमाना छ ।

त्योमध्ये दक्षिणी सीमावर्ती कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकाका नेपाली खेती भारतीयका भरमा छन् । भारतीयले झापामा सबैभन्दा धेरै खेती गौरीगञ्ज र झापा गाउँपालिकामा गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । वर्षौँ बाँझिएका खेती भारतीयले उर्वर बनाएका छन् । तर, कोरोना महामारीसँगै १४ महिनादेखि सीमा सिल छ । जसको प्रत्यक्ष असर नेपाली भूमिमा ठेक्का तिरेर खेती गर्ने भारतीयलाई परेको छ ।

नेपालसँग सीमा जोडिएर बसेका भारतीय वस्तीका विपन्न नागरिक नेपाली खेतीकै भरमा गुजारा चलाउँछन् । सीमाको पिलरले नरोकेको सीमावर्ती नेपाली र भारतीयको सम्बन्धलाई कोरोना महामारीले छेक्यो । भारतीय नागरिकले नेपाली भूमिमा वर्षमा उत्पादन भएको धान ठेक्का तिरेर खेती गर्दै आएका छन् । खेती गरे यता गत वर्ष सबैभन्दा धेरै समस्या झेल्नुप¥यो, उनीहरूले । गत वर्ष ऋण गरेर खेतीमा लगाएको लगानी समेत उठाउन सकेनन् । मकै लगाएपछि कोरोना महामारीका कारण सीमा सिल भयो ।

सीमामा बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीका पोष्ट राखियो । खेती गर्न नेपाल प्रवेश गर्नसमेत दिइएन । नेपाली खेतीमा मकै लगाएका भारतीयले नेपाल आउने प्रयास गरे । त्यो क्रममा सुरक्षाकर्मीले रोक्दा गत वर्ष झापामा खेती गर्न आउने भारतीय किसान र सुरक्षाकर्मीबीच पटक–पटक झडप भयो ।

नेपालमा खेती गर्न आएका भारतीयले खेतसम्म जान नपाउँदा सुरक्षाकर्मीमाथि आक्रमण पनि गरे । त्यो क्रममा खेती गर्न आउने किसानलाई रोक्नकै लागि झापाका धेरै ठाउँमा सुरक्षाकर्मीले हवाई फायर गर्नुप¥यो । सीमावर्ती क्षेत्रमा बाँझै रहेका खेतीमा पसिना बगाएका भारतीय नागरिकले उर्वर बनाएको भूमिमा फलाएको मकै गत वर्ष त्यसै कुहिएर गयो । ‘अघिल्लो वर्ष त लगाएको मकै बोटमै कुहियो । नेपाल आउँदा पुलिसले भाटा हान्थ्यो’– गौरीगञ्ज–१ स्थित कुञ्जीबारीमा खेती गर्दै आएका भारत डाकुपाडाका रमेश साहले भने– ‘शुरुदेखि नै मकैको स्याहार गर्न पाइएन । मकै फल्न त फलेको रहेछ । उठाउन नपाउँदै सबै बिग्रियो ।’

कुञ्जीबारीमा साहले तीन विगाह क्षेत्रफलमा मकै लगाएका थिए । जसका लागि उनले ६० हजार रुपैयाँ खर्च गरेका थिए । त्यो सबै ऋण थियो । ‘ऋण गरेर केही हुन्छ कि भनेर खेती गरियो । तर, बाली उठाउन नपाउँदा ऋण तिर्न सकिएन । साहुले त बाली उठाइनस् तँलाई छुट भयो भन्दैन’– उनी भन्छन्– ‘पञ्जाब काम गर्न गएर ऋण तिरेँ ।’
सीमावर्ती क्षेत्रका भारतीय नागरिकको मुख्य आम्दानीको स्रोत नै नेपाली भूमिमा लगाएको खेती हो । उनीहरू जमिनका मालिक नेपाललाई वर्षमा सम्झौता अनुसारको धान दिन्छन् ।

तर, महामारीका कारण गत वर्ष खेती गर्न नपाउँदा उनीहरू सकसमा परे । गत वर्षको ऋण अझै तिर्न सकेका छैनन्, कृषकले । ‘वर्षौँदेखि यही नेपाली खेती गरेर खाँदै आएका छौँ । हामीलाई त भारतको बजार जान माई खोलाले छेक्छ । नेपालको बजार आउन सजिलो हुन्छ । हाम्रो अरू केही गर्ने ठाउँ छैन । खेती बाहेक केही पनि गर्दैनौँ । तर, गत साल त ऋणमा डुब्नुप¥यो । बाली उठाउनै पाइएन,’ डाकुपाडाका चरण सिंह भन्छन्– ‘अब कसरी ऋण तिर्ने भन्ने समस्या छ । खेती गरेको यतिका वर्ष भयो पहिलोपटक हामीलाई रोकियो ।’

सीमामा रहेका नागरिकको सम्बन्ध स्अप्ठ्यारोमा नेपालीको सहयोग

नेपाल–भारत सीमाका नागरिकबीच भावनात्मक सम्बन्ध छ । विगतदेखि नै एकअर्कालाई सहयोग गर्दै आएका छन्– उनीहरू । नाकाबन्दीले उनीहरूको आवतजावत रोकिए पनि सहयोगात्मक भावनामा भने कुनै कमी आएको छैन ।

गत वर्ष नाकाबन्दीले भारतीयहरू खेतसम्म आउन नसक्दा नेपालीले नै सहयोग गरेका थिए । कतिपयको खेतमा गएर मकै भाँचेर व्यापारीकोसम्म पु¥याएर नेपालीले सहयोग गरेका थिए । युवाहरूले समूह बनाएर खेतमै कुहिन लागेका मकै उठाएर सहयोग गरेको भारतीय कृषक रोहित बेस्रा बताउँछन् । ‘नेपालीले हाम्रो मकै उठाएर बेचिदिनुभयो । उहाँहरूले खर्च कटाएर अरू पैसा दिनुभयो’– उनी भन्छन्– ‘आफैँ गरेजस्तो त भएन । ऋण तिर्न पनि पुगेन । तैपनि कुहिएर जानुभन्दा त केही काम भयो नि १’

सीमामा रहेको खेती बिग्रन दिनुभन्दा सहयोग गरिएको नेपाली युवा कृष्णप्रसाद पौडेल बताउँछन् । ‘हामीले युवाको टोली बनायौँ, सबैको त सकिएन केहीको खेतमा मकै भाँचेर बेचिदियौँ । हामीले फोन गथ्र्यौँ । उहाँहरूले खेत यहाँ हो भन्नुहुन्थ्यो । हामीले काम गथ्र्यौँ’– उनले भने– ‘उहाँहरू हाम्रो छिमेकी हो । मात्र सीमाले छेकिएको हो । कोरोना नआउँदा त घरमा आउजाउ पनि हुन्थ्यो । हामीले त्यही भएर सहयोग ग¥यौँ । हामीले पारिश्रमिक त लियौँ । तर, उहाँहरूको मकै उठाएर ऋणबाट बचायौँ ।’

यसपटक खेती गर्नलाई सहज

गत वर्ष अधिकांश भारतीय कृषकले नेपालमा लगाएको मकै कुहियो । सीमावर्ती गाउँबाट नेपाल खेती गर्न आउने प्रयास गर्दा प्रशासनले प्रवेश दिएन । त्यो बखत सुरक्षाकर्मी र भारतीय नागरिकबीच द्वन्द्व पनि निम्तिएको थियो ।

तर, यस वर्ष स्थानीयस्तरमा समन्वय गरेर खेती गर्न आउनेलाई सहज बनाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । खेती गर्न आउनेको व्यावहारिक समस्यालाई बुझेर सुरक्षाकर्मीले समन्वय गरेर खेतसम्म आउन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘यसपटक गत सालको जस्तो पनि छैन । गत साल हामी सीमामा बढी केन्द्रित थियौँ । गत साल यता ९नेपाल० भएका यतै र उता ९भारत० भएका भारतमा रोकेका थियौँ । यसपटक नेपालीलाई आउन दिएका छौँ । व्यवहारिकता बुझेर खेती गर्न आउनेलाई पनि काम गर्न दिएका छौँ’– उनी भन्छन्– ‘तिमीहरू नआउनू भनेर खेती नास हुन पनि त दिनुभएन नि १ पारि हाम्राले पनि गर्छन्, उनीहरू पनि पुगेर आउँछन् । हामीले यता पनि खेतसम्म आउन दिएका छौँ ।’

उनका अनुसार खेती गर्न आउने भारतीयले स्थानीय सुरक्षाकर्मीको समन्वयमा स्वास्थ्य मापदण्ड पूरा गरेर आउँछन् । उनीहरू नेपालीसँग घुलमिल नभई फर्किएर जान्छन् । ‘सुरक्षा मापदण्ड पूरा गरेर थारै संख्यामा आउँछन् । लगत लिएर उनीहरूलाई खेतीसम्म जान दिइन्छ’– प्रजिअ तिमिल्सिनाले भने– ‘खेतीभन्दा यता–उता उनीहरू जान पाउँदैनन् । स्थानीयस्तरमा यसरी नै समन्वय भएको छ ।’

गतसाल लगाएको मकै उठाउन नपाएका कारण भारतीय किसान विस्थापित भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह बताउँछन् । झापा गाउँपालिकाले भने यस वर्ष पनि खेती गर्न आउनेलाई कडाइ गरेको उनको दाबी छ । यद्यपि जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षाकर्मीसँगको समन्वयमा खेती गर्न भने सहजै छाडिएको छ । ‘गतसाल लगाएको खेती उठाउन नपाउँदा धेरै भारतीय कृषक ऋणमा डुबे । यसपटक देखि न धेरै आउनै छाडे’– उनी भन्छन्– ‘हामीले त अहिले पनि कोही भारतीयले खेती गरेको छ भने नेपाली आफन्तले हेरिदिनु भनेका छौँ ।’

यसपटक भने प्रहरीले खेती गर्न आउन दिएको भारतीय कृषक बताउँछन् । उनीहरूले यसपटक हिउँदमा रोपेको मकै सहजै उठाएर बेच्न पाए । यस्तै, खेतमा धान रोप्न पनि सहजै पाए । ‘यसपटक त धेरै सजिलो भयो नि १ पुलिसले खेतसम्म आउन दिएको छ । हामीले मकै उठाएर धान पनि लगायौँ’– नेपालतर्फ खेती गर्दै आएका भारतीय नागरिक सूर्यप्रसाद साह भन्छन्– ‘पोहोर त उठाउँन नपाउँदा लागेको ऋण अझै तिर्न सकेको छैन । अब यसपालीको मकै र धानको चाहिँ पोहोरको ऋण चुक्ता हुन्छ कि १’ उनी दुई विगाह नेपाली भूमिमा खेती गर्दै आएका छन् । जसबापत वर्षमा ४० मन धान साहुलाई बझाउँछन् । मकै उत्पादन गरेको चाहिँ साहुलाई दिनुपर्दैन । ‘हिउँदमा मकै लगाउँछौँ । बर्खामा धान लगाउँछौँ’– उनी भन्छन्– ‘धान १२०–१३० मनसम्म फल्छ । साहुलाई दिएर, आफूले खाएर बेचेकोले खर्च कटाएर घर चलाउन पुगेको छ ।’

यसपटक नेपाल सरकारले खेती गर्नेलाई धेरै सहज गरिदिएको कचनकवल–१ स्थित नेपाली जमिनमा खेती गर्दै आएका भारतको बाडी जमिनका कृषक अबदुल मिया बताउँछन् । ‘अघिल्लो वर्ष त बोर्डरमा देखा पर्न दिँदैन थिए । यसपटक त सजिलो छ । आफ्नो खेतमा काम गर्ने, अन्त कहीँ नगई घर फर्कने गरेका छौँ’– उनी भन्छन्– ‘पुलिसले पनि केही भन्नुभएको छैन । यसपटक त धेरै सजिलो भएको छ ।’

प्रशासनले नेपालीसँग घुलमिल हुन नदिई भारतीयलाई खेती गर्न सहज गरिदिएको कचनकवल–१ ललितबस्तीका राजेशकुमार राजवंशी बताउँछन् । ‘भारतीय खेती गर्न आउँछन् । नेपालमै खेती पुर्खौँदेखि गर्दै आएका छन् । तर, यसपटक उनीहरू आफ्नो तरिकाले गरेर जान्छन् । पहिलाको जस्तो नेपाली बस्तीमा आउँदैनन्’– उनले भने– ‘प्रशासनले उनीहरू आउने ठाउँ तोकिदिएको छ । त्यहाँ हामी नेपाली पनि जाँदैनौँ ।’

सम्बन्धित समाचार