२०८३ बैशाख १० गते , विहीबार

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ च्याम्पियन

sajilo news
झापा
२०७९ आश्विन ३ गते , सोमबार
नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ च्याम्पियन

नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित बन्न पुगेको छ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफको ७०औं मिनेटमा अनिता बस्नेतको गोलबाट आशा जगाएको थियो। तर त्यसको केही मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थियो।

अन्तिम समयसम्मै बंगलादेशलाई दबाबमा राखेको नेपालले गोल भने गर्न सकेन। नेपाल पहिलोपटक बंगलादेशससँग पराजित भएको हो। यसअघिका ८ खेलमा नेपालले ६ खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो। यससँगै बंगलादेश पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ। 

सम्बन्धित समाचार