२०८३ जेष्ठ ३ गते , आईतबार

आज वैशाख १२, विनाशकारी भूकम्पको ९ वर्ष पूरा

sajilo news
झापा
२०८१ बैशाख १२ गते , बुधबार
आज वैशाख १२, विनाशकारी भूकम्पको ९ वर्ष पूरा

वैशाख १२ को विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो।

मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ। २२ हजार भन्दा घाइते भए। पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो । 

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो। भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो। यो भूकम्पका करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको थियो। 

यो महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । तर, नौ वर्षमा अझै ९२ हजार विस्थापित परिवारका घर पुनर्निर्माण हुन सकेका छैनन्। सिंहदरबार र धरहरालगायत अन्य कतिपय पुरातात्त्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत २०७८ पुस ९ मा विघटन भइसकेको छ। गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागको बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।

सम्बन्धित समाचार