२०८३ जेष्ठ ३ गते , आईतबार

अमेरिकाविरुद्ध कुशलको शतकीय पारी, नेपालको शानदार जित

sajilo news
झापा
२०८३ जेष्ठ २ गते , शनिबार
अमेरिकाविरुद्ध कुशलको शतकीय पारी, नेपालको शानदार जित

आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो। अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि ओपनर आसिफ शेखसँग १४५ रनको शतकीय साझेदारी बनाएका थिए। आसिफ शेख २६.३ ओभरमा पहिलो विकेटको रुपमा पेभेलियन फर्किए। उनले ७२ बलमा ८ चौकासहति ५८ रन बनाए। वान डाउन आएका डेब्यूटेन्ड इशान पाण्डे २० रनमा अविजित रहे। अमेरिकाको लागि एक मात्र विकेट मोहम्मद मोसिनले लिएका थिए। 

त्यसअघि, ब्याटिङ गरेको अमेरिकाको लागि र स्मित पटेलले सर्वाधिका ८३ रनको पारी खेले। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। उनले दोस्रो विकेटको लागि सेहान जयसुरियासँग १०० रनको शतकीय साझेदारी बनाएका थिए। पहिलो विकेटको रुपमा ओपनर ब्याटर सयान जहाङ्गिर ६ रनमा सोमपाल कामीको हातबाट बोल्ड भएका थिए। 

दोस्रो विकेट सेहन जयसुरियाको गयो। उनले ५२ बलमा ५ चौका र १ छक्कासहित ५० रनको पारी खेले। कप्तान साइतेजा मुक्कामल्ला ४ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड भए। शुभम रञ्जाने २ रनमा आसिफ शेखको हातबाट रनआउट भएका थिए 

सातौं विकेटको रुपमा मिलिन्द कुमार २८ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा एलबीडब्ल्यू आउट हुँदै पेभेलियन फर्किए। त्यसपछि भने अमेरिकाले ३ रन बटुल्न २ विकेट खेर फाल्यो। हर्मित सिंह अनितम विकेटको रुपमा १४ रनमा क्याच हुँदा अमेरिका ४३.३ मा अलआउट भएको हो। नेपालका लागि बलिङ तर्फ दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिँदा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए।

सम्बन्धित समाचार