२०८३ बैशाख २४ गते , विहीबार

कमल खोलाले बगाएका मुर्मु मृत भेटिए, बनियानी खोलाले बगाएको बालक अझै बेपत्ता

sajilo news
झापा
२०८१ असार १४ गते , शुक्रबार
कमल खोलाले बगाएका मुर्मु मृत भेटिए, बनियानी खोलाले बगाएको बालक अझै बेपत्ता

झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका १ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् । उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको  थियो । त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएको बालक मिलन बिक अझै फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।

सम्बन्धित समाचार