२०८२ कार्तिक ३० गते , आईतबार
हल्दिबारीमा आगलागी, घर जल्दा ९ वटा खसी-बाख्रा मरे
झापाको हल्दिबारीमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गएराति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी गाउँपालिका–३ रमाइलो चोक निवासी ताराबल्लब गिरीको काठको घरमा भएको आगलागीबाट घर पूर्ण रूपले जलेर नष्ट भएको हो । घरमा भएको अन्नपात, लत्ताकपडा, फर्निचरलगायत नष्ट भएको छ भने ९ वटा खसी बाख्रा जलेर मरेका छन् । त्यस्तै एउटा बाच्छो घाइते भएको छ ।
भद्रपुर र मेचीनगरबाट आएका दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।