मन्टेश्वरीका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम
बिर्तामोड । मन्टेश्वरीका शिक्षकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम समापन भएको छ । बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा शुक्रबारबाट दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।
मन्टेश्वरी शिक्षक-शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार तालिममा बिर्तामोडेसहित कनकाईका गरी पाँच वटा विद्यालयका शिक्षिकाहरूको सहभागिता रहेको छ ।
तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिकाहरूको सहभागिता रहेको छ । उक्त तालिममा शिक्षिकाहरूलाई प्रशिक्षक जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।
मन्टेश्वरी शिक्षण पद्धति तथा बाल विकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम केन्द्र ललितपुर , नेपाल सरकार शिक्षा मन्त्रालय सिटीइभिटी रोस्टर बाल विकास तथा आधारभूत तह प्रशिक्षक पराजुलीले जानकारी दिए । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तालीम उपलब्धि मूलक भएको बताए ।