२०८३ मंसीर ४ गते , विहीबार

मकवानपुरमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

sajilo news
झापा
२०८३ मंसीर ४ गते , विहीबार
मकवानपुरमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार बिहान रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौँको लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो  दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार  सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल भैसे खोलामा खसेको थियो। दुर्घटना परी २ महिला र १ पुरुषको मृत्यु भएकोमा अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार