२०८३ मंसीर ४ गते , विहीबार
बालिकामाथि जबरजस्ती करणीको आरोपमा शिवसताक्षीका युवक पक्राउ
१७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा झापाको शिवसताक्षीबाट एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४ विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेन रहेका छन् ।
प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले सोरेनलाई मंसिर २ गते बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सोरेनलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।