२०८३ मंसीर ७ गते , आईतबार

अर्जुनधारामा दुई जंगली हात्तीको आतंक, मकैबालीमा क्षति

sajilo news
झापा
२०८३ मंसीर ६ गते , शनिबार
अर्जुनधारामा दुई जंगली हात्तीको आतंक, मकैबालीमा क्षति

झापाको अर्जुनधारामा दुईवटा जंगली हात्तीले मकैबालीमा क्षति पुर्‍याएका छन् । गएराति करिब १०ः२० बजे अर्जुनधारा नगरपालिका–६ समृद्धि टोलकी खेमकुमारी श्रेष्ठले लगाएको मकैबालीमा जंगली हात्तीले क्षति पुर्‍याएका हुन् ।

श्रेष्ठको करिब ५ कठ्ठा क्षेत्रफलमा लगाइएको मकैबारीमा अचानक दुईवटा जंगली हात्ती प्रवेश गरी मकै खाएर नष्ट गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट प्रहरी वरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले स्थानीयको सहयोगमा हात्तीलाई धपाएर जंगलतर्फ फर्काएको जनाएको छ । हात्तीले मकै खाएर तथा कुल्चिएर अन्दाजी २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित समाचार