२०८३ मंसीर ७ गते , आईतबार

अरनिको मावि भद्रपुरको सवारीसाधन खरिद अभियान : देउसी–भैलोबाट ७ लाख ९८ हजार बचत

sajilo news
झापा
२०८३ मंसीर ६ गते , शनिबार
अरनिको मावि भद्रपुरको सवारीसाधन खरिद अभियान : देउसी–भैलोबाट ७ लाख ९८ हजार बचत

झापा । झापाको भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयले सवारीसाधन खरिदका लागि सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट ७ लाख ९८ हजार ८०३ रुपैयाँ बचत गरेको छ ।

विद्यालयका विद्यार्थीहरूको आवतजावतलाई सहज, सुरक्षित र सुविधाजनक बनाउने उद्देश्यले सञ्चालन गरिएको देउसी–भैलो कार्यक्रमबाट उक्त रकम बचत भएको विद्यालयले जनाएको छ ।

देउसी–भैलो कार्यक्रम व्यवस्थापन समितिका संयोजक शमसेर तामाङ मोक्तानको अध्यक्षतामा बसेको बैठकले आयव्यय विवरण सार्वजनिक गर्दै ७ लाख ९८ हजार ८०३ रुपैयाँ बचत रहेको जानकारी दिएको हो ।

बैठकमा विद्यालयका प्रधानाध्यापक बिन्दुकला राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुणराज ढुङ्गाना तथा अभिभावक–शिक्षक संघ (पीटीए) का अध्यक्ष सुरजभक्त परियारको समेत उपस्थिति रहेको थियो ।

देउसी–भैलो कार्यक्रममा देश तथा विदेशमा रहेका विभिन्न सहयोगी दाताहरूले आर्थिक सहयोग उपलब्ध गराएका थिए । विद्यालयले सवारीसाधन खरिद अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्न छुटेका स्थानीय अभिभावक, संस्थागत विद्यालय, सहकारी संस्था, उद्योगी, व्यवसायी, समाजसेवी तथा पूर्वविद्यार्थीहरूलाई पनि अभियानमा जोडिन अपिल गरेको छ ।

सम्बन्धित समाचार