२०८३ मंसीर ९ गते , मंगलबार

इलामको श्रीअन्तुमा आगलागी, करिब ८० लाखको क्षति

sajilo news
इलाम
२०८३ मंसीर ९ गते , मंगलबार
इलामको श्रीअन्तुमा आगलागी, करिब ८० लाखको क्षति

इलामको सूर्योदय नगरपालिका–४, ठूलो श्रीबुङ टोलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । आज दिउँसो १२:१५ बजे घरमा कोही नभएको बेला ठुलो श्रीबुङस्थित डाँडागाउँ बस्ने तारा निरौलाको पक्की वाल र टिनको छानोले बनेको दुईतले घरमा मिटर बक्समा तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट विद्युत् मिटर बक्स १ थान , नगद ३ लाख २० हजार , सुन ६ तोलामा ५ तोला भेटी घरधनीलाई बुझाएको र १ तोला नभेटिएको ,चाँदी ५ तोला , नेपाली नागरिकता २ थान , विवाह दर्ता १ थान , चार चक्के गाडीको कागजपत्र , टिनको दराज दुई थान, वासिङ मेसिन एक थान, गिजर एक थान, फ्रिज एक थान, टिभी एक थान, वाईफाई एक थान, सिलिन्डर दुई वटा र लत्ताकपडा, खाद्यान्न सामग्री र घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी ८० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगलागी भएको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी श्रीअन्तु इलामको टोली खटिएर स्थानीय, सूर्योदय नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा दिउँसो १ः५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार