२०८३ असार ७ गते , आईतबार

नेपालले युएईलाई सात विकेटले हरायो

sajilo news
झापा
२०८० कार्तिक १ गते , बुधबार
नेपालले युएईलाई सात विकेटले हरायो

कप्तान रोहित पौडेलको अर्धशतक प्रहारसँगै नेपालले युएईलाई सात विकेटले हराएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी भएको हो।

नेपालका लागि कप्तान पौडेलले ४० बलमा ५ चका प्रहार गर्दै अविजित ५१ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। २३ बल खेलेका ऐरीले ३ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

यसअघि मूलपानी रंगशालामा बुधबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक-एक विकेट लिए।

सम्बन्धित समाचार