२०८२ माघ ५ गते , सोमबार

मंसिर १ गतेदेखि एनपीएलको दोस्रो संस्करण हुने

sajilo news
झापा
२०८२ भाद्र ५ गते , विहीबार
मंसिर १ गतेदेखि एनपीएलको दोस्रो संस्करण हुने

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका हुन्। 

क्यानका अनुसार दोस्रो संस्करणको एनपीएल पनि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने भएको छ।  पहिलो संस्करणको एनपीएल २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना भएको थियो। प्रतियोगिताको खेल तालिका भने केही समयपछि सार्वजनिक गरिने क्यानले जनाएको छ।

एनपीएलको दोस्रो संस्करणका लागि  साउन २४ गते मिनी अक्सन भएको थियो। त्यसअघि एनपीएलका ८ वटै टिमले खेलाडी रिटेन र रिलिज गरेका थिए।

सम्बन्धित समाचार