२०८२ माघ ५ गते , सोमबार
एसियाली शारीरिक सुगठनमा उर्मिलालाई कांस्य
नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्समा कांस्य पदक जितेकी छिन् ।
उनले ३५ वर्षमाथिका उमेर समूहमा कांस्य पदक जितेकी हुन् । आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जितेका थिए ।
उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने चौथो भएको नेपाली टोलीका अफिसियल दिनेश राजभण्डारीले जानकारी दिए ।