२०८२ माघ ५ गते , सोमबार

नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी-२० सिरिज

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको टी-२० सिरिज

भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी–२० सिरिज नेपाल ‘ए’ ले ३–२ ले जितेको छ । सोमबार भएको निर्णायक पाँचौँ खेलमा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको विशाल योगफल बनायो । नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रन जोडे । शुभ कंसाकारले ४१ रन र इशान पाण्डेले ३२ रनको योगदान दिए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २–२ विकेट लिए ।

२०९ रनको लक्ष्य पछ्याएको आसाम २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमा सीमित रह्यो । भार्गव लहकरले अविजित २९ रन बनाए भने साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५–२५ रनको योगदान गरे । नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट हात पारे भने बसिर अहमदले १ विकेट लिए ।

यसअघि बिहीबार सुरु भएको सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । तेस्रो खेलमा शनिबार नेपाल ‘ए’ ९ रनले विजयी भयो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी बनेको थियो । निर्णायक पाँचौँ खेल जितेसँगै नेपाल ‘ए’ ले सिरिज ३–२ ले आफ्नो नाममा लेखाएको हो ।

सम्बन्धित समाचार