कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित
बसिर अहमदको धारिलो ब्याटिङले कर्णाली याक्समाथि विराटनगर किङ्सले जित हात पारेको छ। कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका अहमदले ६२ रन बनाएर खेललाई आफ्नव पक्षमा पारे। विराटनगरका ओपनर जर्ज मून्से शून्यमा आउट हुँदा लोकेश बम ६ रनमा पेभेलियन फर्किए।
साम हेजलेट १६ रनमा आउट हुँदा सहिल पटेल र बसिर अहमद समान १९/ १९ रन बनाएर आउट भए। मार्चेन्ट दे लांगे २ रनमा आउट हुन पुगे। २५ रन बनाएका नारायण जोशी नन्दन यादवको बलमा आउट भए। प्रतिश जिशी ६ रन बनाएर आउट भए। सन्दीप लामिछानेले ६ रनमा नटआउट रहे।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले समान दुई/दुई विकेट लिँदा पवन सर्राफ, विलियम बसिस्टो, नन्दन यादवले समान एक एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ उत्रिएको कर्णालीले तीन विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने विलियम बसिस्टोले ४८ र नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे। विराटनगरका लागि मर्चेन्ट दे लेन्गे र कप्तान सन्दिप लामिछानेले समान एक एक विकेट लिए।