२०८२ माघ ५ गते , सोमबार

एनपीएलमा आज जित्नैपर्ने दबाबमा चितवन र पोखरा

sajilo news
झापा
२०८२ मंसीर १८ गते , विहीबार
एनपीएलमा आज जित्नैपर्ने दबाबमा चितवन र पोखरा

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ।  पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै प्लेअफमा पुगिसकेको सुदूरपश्चिम  रोयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनोज अपराह्न ४ बजे आमनेसामने हुनेछन् ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले ६ खेलबाट आठ अङ्क जोडेको छ । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ । 

 

सम्बन्धित समाचार